ओखलढुंगामा गुड्दै गरेको जिपमाथि ढुंगा खस्यो, ३ जनाको घटनास्थलमै मृत्यु

ओखलढुंगामा जिप दुर्घटना भएको छ।

आइतबार बिहान भएको जिप दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। आइतबार बिहान बोलेरो जिप माथि ढुंगा खसेको थियो। दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु र घटनास्थलमा प्रहरी पुगेको जनाइएको छ।

मानेभन्ज्याङ गाउँपालिका-१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको जिपमा ६ जना यात्रु सवार थिए। बाटोमा गुड्दै गरेको बोलेरो जिपमा बाटो माथिबाट ढुंगा खसेर लागेको हो। जिपमा सवारमध्ये सिद्धिचरण नगरपालिका-१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिनपा-१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था ग म्भी र छ। उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको छ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। आज बिहान करिब नौ बजेतिर उक्त दुर्घटना भएको हो।

प्रकाशित मिति: : 2022-01-23 17:00:00

प्रतिकृया दिनुहोस्