सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे। ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए।

खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो। भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए।

अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ।

गए राति नै भएको खेलमा विजयी हुँदै मोराेक्को अन्तिम आठमा प्रवेश गरेकाे छ। अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोराेक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेकाे हाे। 

मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे। अब सेमिफाइनल प्रवेशका लागि मोराेक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ।

प्रकाशित मिति: : 2022-01-26 07:46:00

प्रतिकृया दिनुहोस्