सेनेगलका स्टार माने अस्पताल भर्ना

सेनेगलका स्टार साडियो माने अफ्रिका कप अफ नेसन्सअन्तर्गत कापे भेर्डेसँगको खेलमा घाइते भइ अस्पताल भर्ना भएका थिए।

मङ्गलबार राति भएको खेलको दोस्रो हाफमा गोलकिपरको खराब ‘फाउल’मा परेका मानेले अस्पताल भर्ना हुनुपरेको थियो। 

खेलको ५६औँ मिनेटमा गोलरक्षक भोजिन्हासँग ठोक्किँदा माने घाइते भएका थिए। रेफ्रीले भिएआरको सहायतामा भोजिन्हालाई रातो कार्ड दिएर मैदानबाहिर पठाए भने मानेले ७०औँ मिनेटपछि चोटकै कारण खेल्न पाएनन्। 

उनी मैदानबाहिर निस्किएपछि अस्पताल भर्ना भएका थिए। लिभरपुलका स्टार मानेलाई भेट्न भोजिन्हा पनि अस्पताल पुगेका थिए। तथापि, अवस्था सामान्य नै रहेपछि उनी केही बेरको अस्पताल बसाइपछि डिस्चार्ज भए। 

नौ खेलाडीमा सीमित बनेको कापे भेर्डेमाथि जित निकाल्दै सेनेगल ३३औँ संस्करणको अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। सेनेगलको जितमा माने र बम्बा डिङले एक–एक गोल गरे। 

खेलको २१औँ मिनेटमा प्याट्रिक एन्ड्रेडले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको भेर्डे ५७औँ मिनेटमा भोजिन्हाले रातो कार्ड पाएपछि नौ खेलाडीमा समेटियो।

प्रकाशित मिति: : 2022-01-26 08:59:00

प्रतिकृया दिनुहोस्