म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियल इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडबाट लोनमा स्पेनिस ला लिगा क्लब सेभिया पुगेका छन्।
यससँगै फ्रान्सका २६ वर्षीय अट्याकर मार्सियलले जारी सिजनका बाँकी खेल सेभियाबाट खेल्ने भएका छन्। पछिल्लो समय युनाइटेडमा स्थान नपाएका मार्सियल सेभिया जान रुचाएका हुन्।
जारी सिजन ला लिगाको दोस्रो स्थानमा रहेको सेभियाले गत महिनाबाटै मार्सियललाई भित्राउने प्रयास गरेको थियो।