अस्ट्रेलियन ओपन: बार्टी फाइनलमा

File photo
File photo

विश्व नम्बर एक अस्लेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन अ‍ोपनको फाइनलमा पहिलो पटक पुगेकी छन्।

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा विश्व वरियताको ५१औं स्थानकी अमेरिकी खेलाडी म्याडिसन किजलाई ६–१ ६–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।

दुई पटककी ग्रान्डस्लाम च्याम्पियनसमेत रहेकी बार्टी यसअघि सन् २०२० मा सेमिफाइनलसम्म आइपुगेकी थिइन्। त्यसयता २०२१ मा क्वार्टरफाइनलबाट बाहिरिएकी बार्टीले गत वर्ष विम्बलडनको उपाधि उचालेकी थिइन्।

बार्टीले फाइनलमा घरेलु कोर्टमा पहिलो ग्रान्डस्लाम जित्नका लागि इगा स्वायेटेक र ड्यानिले कोलिन्सबीचको विजेतासँग खेल्नेछिन्।

प्रकाशित मिति: : 2022-01-27 17:34:00

प्रतिकृया दिनुहोस्