१४ वर्षदेखि ओछ्यान परेका कर्णबहादुर : ऋण नपाएर उपचार गर्न सकेनन्, लालपुर्जा समेत बन्धकी

उकेरा

काठमाडौँ

वीरेन्द्रनगर–१०, घुस्राका कर्णबहादुर नेपाली विगत १४ वर्षदेखि ओछ्यान परेका छन्। उनको कम्मरमुनिको भाग चल्दैन। दिसा-पिसाब गर्न समेत अरुकै सहारा चाहिन्छ।

१४ वर्षअघि गाउँकै विद्यालयमा मजदूरी गर्ने क्रममा हाँगा काट्न रुख चढ्दा ढाड भाँचिएर थला परेका ५३ वर्षीय कर्णबहादुर आर्थिक अभावका कारण थप उपचारका लागि अस्पताल जान सकेका छैनन्।

रुखबाट लडेपछि सुरुमा उनलाई सुर्खेतमै उपचार गर्ने कोशिस गरियो। तर यहाँ उपचार सम्भव नभएपछि डाक्टरहरुले नेपालगञ्ज रेफर गरे।

नेपालगञ्जमा पनि उपचार नभएपछि काठमाडौं पुगेका कर्णबहादुरले डेढा कट्ठा जग्गा बेचेर आएको ५० हजार रुपैयाँ सके। थप उपचारका लागि अझै दुईरतीन लाख आवश्यक पर्ने डाक्टरले बताएपछि उनी उपचार नै नगरी घर फर्कनुपर्‍यो।

प्रकाशित मिति: : 2022-01-28 11:24:00

प्रतिकृया दिनुहोस्