सेनेगल र इजिप्ट सेमिफाइनलमा

Photograph: Charly Triballeau/AFP/Getty Images
Photograph: Charly Triballeau/AFP/Getty Images

सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ। सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे।

आइतबार राति सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे। इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे छ।

इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन्।

प्रकाशित मिति: : 2022-01-31 07:11:00

प्रतिकृया दिनुहोस्