दक्षिण कोरिया पहिलो पटक महिला एसिया कपको फाइनलमा 

AFC
AFC

फिलिपिन्सलाई २-० अन्तरले पराजित गर्दै दक्षिण कोरिया भारतमा जारी एएफसी महिला एसियन कप-२०२२ को फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार मुम्बईमा भएको खेलमा दक्षिण कोरियालाई जिताउन चो सो ह्युन र सन ह्वा येओनले एक-एक गोल गरे।

पहिलो पटक सेमिफाइनल यात्रा तय गरेको फिलिपिन्स भने कोरियाविरुद्ध फिक्का रह्यो। अब, उपाधिका लागि कोरियाले चीन र जापानबीचको विजेतासँग खेल्नेछ।  

प्रकाशित मिति: : 2022-02-03 17:34:00

प्रतिकृया दिनुहोस्