एन्फा कार्यसमिति बैठक सकियो

Photo : NK
Photo : NK

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ।

बिहान साठे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो।

कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए।

प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केहि दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए।

यस्तै निर्वाचन निर्देशिका समेत पास गरिएको छ।

यस्तै नेपाल सुपर लिग (एनएसएल) को विषय र सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस र मछिन्द फुटबल क्लबबीच खेलमा लिष्टमा नभएको खेलाडी राखिएको विषयको छानविन प्रतिवेदन भने प्रस्तुत नै भएनन्।

विस्तृत विबरण भने एन्फाले केहि समयपछि सार्वजनिक गर्नेछ। 

प्रकाशित मिति: : 2022-02-03 19:08:00

प्रतिकृया दिनुहोस्