१७१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय १३ स्वाब परीक्षण गर्दा १ हजार ७ सय १४ संक्रमित थपिएका हुन्।

शुक्रबार ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन्।

सोही अवधिमा ४ हजार ७ सय ७१ जना संक्रमण मुक्त भएका छन्। आज थपिएकासँगै देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-02-05 17:51:00

प्रतिकृया दिनुहोस्