बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

कोदोको रक्सीको स्वादमा पनि बनाउने योजना

सेतोपाटी

काठमाडाैं

बोतलको रक्सी गिलासमा खन्याएर सुरुप्प चुस्की लिने त धेरैलाई थाहा छ। चकलेट खाएजसरी रक्सी खाने तरिका चाहिँ कतिलाई थाहा होला!

आउनुहोस्, आज त्यही 'चकलेट रक्सी' को कुरा गरौं। 

नेपाली उपभोक्तालाई चकलेट रक्सी अर्थात् 'लिक्वेर चकलेट' को स्वाद पस्किने उद्यमी हुन् ललितपुर, झम्सिखेलकी धारणा शाह र काठमाडौं, छाउनीका निकेश श्रेष्ठ। दुवै ३० वर्षमुनिका छन्। 

उनीहरूलाई करिब ६ महिनाअघि चकलेट रक्सीको आइडिया फुरेको हो। त्यसको दुई महिनामै उनीहरूले 'चोको रक्सी' नाम राखेर चकलेट रक्सी तयार पारे। 

हाल उनीहरू छाउनीमा राखेको कारखानाबाट चार वटा स्वादमा चोको रक्सी बनाउँछन्। नेपाली ब्रान्डका भोड्का, रम, ह्विस्की, र ब्रान्डी स्वादमा चोको रक्सी बनाएर बेच्दैछन्। 

प्रकाशित मिति: : 2022-02-06 14:23:00

प्रतिकृया दिनुहोस्