अलेक्जेन्डर बोल्सुनोभले आईतबार स्वर्ण पदक जितेसँगै रुस ओलम्पिक कमिटी आरओसी ले बेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण पदक हात पारेको छ। आइतबार भएको पुरुषतर्फको स्कायाथलनमा एलेक्जेन्डरले स्वर्ण जित्दै रुसलाई पहिलो स्वर्ण पदक जिताएका हुन्।
रुस हालसम्म सर्वाधिक चार पदक जित्ने टोली रहेको छ। उनले एक स्वर्ण पदक जित्दा दुई रजत र एक कास्य पदक जितेको छ। अलेक्जेन्डरले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेन्डमा स्वर्ण पदक जित्न सफल भए। आरओसीकै डेनिस स्पिटसोभ रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले कास्य पदक जिते ।हालसम्म १३ देशले पदक जित्दा ७ देशले स्वर्ण पदक हात पारेका छन्। दुई स्वर्ण जितेको नर्वे शीर्ष स्थानमा छ। रुससँगै स्लोभेनिया, चीन, नेदरल्यान्ड, न्युजिल्यान्ड, स्विडेनले एक-एक स्वर्ण पदक जितेका छन्।