एट्लेटिकोमाथि बार्सिलोनाको सानदार जित

File Photo
File Photo

घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध सहज जितसँगै क्याटलन क्लब बार्सिलोना स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ। 

आइतबार राति क्याम्प नोउमा भएको खेलमा १-० ले पछि परेको बार्सिलोनाले १० खेलाडीमा पुनरागमन गर्दै ४-२ को जित निकालेको हो। 

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ भने एट्लेटिको पाँचौ स्थानमा झरेको छ। 

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाबी,रोनाल्ड अरौजो र  डानी अल्भेसले १-१ गोल गरे। एट्लेटिकोका यान्निक कारास्सो र लुइस स्वारेजले १-१ गोल गरे।

खेलको ६९औँ मिनेटमा डानी अल्भेसले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सीमित भएको  थियो। जितसँगै बार्सिलोनाले २२ खेलबाट ३८ अंक बनाएको छ। एट्लेटिकोको समान खेलबाट ३६ अंक छ। 

 राति  नै भएको खेलमा लिग लिडर रियल मड्रिडले ग्रानडाबिरुद्ध घरेलु मैदानमा १-० को कठिन जित निकाल्यो। 

रियलको जितमा मार्को एसेन्सियोले ७४औं मिनेटमा निर्णायक गोल गरे।  जितसँगै रियल २३ खेलबाट ५३ अंक सहित शीर्ष स्थानमा यथावत छ। समान खेलबाट  २४ अंक बनाएको ग्रानडा १६औँ स्थानमा छ।

प्रकाशित मिति: : 2022-02-07 06:19:00

प्रतिकृया दिनुहोस्