अर्जेन्टिनालाई कोपा अमेरिका फुटसलको उपाधि

File Photo
File Photo

पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो।

अर्जेन्टिनाको जितमा १८औँ मिनेटमा एलान ब्रान्डीले गोल गरे। यससँगै पहिलो पटक कोपा अमेरिका फुटसलको उपाधि जित्ने पाराग्वेको लक्ष्य पूरा हुन सकेन। पाराग्वे योसँगै चौथो पटक फाइनलमा पुगेर उपाधिबाट बन्चित भयो।

यसअघि अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिललाई पराजित गरेको थियो। ब्राजिलले यस प्रतियोगिता सर्वाधिक १० पटक जितेको छ।

यता, अर्जेन्टिनाले तीन पटक उपाधि हात पार्दा ६ पटक उपविजेतामा सिमित भएको छ। उसले अन्तिम पटक सन् २०१७ मा घरेलु मैदानमा ब्राजिलसँग ४–२ ले फाइनल गुमाएको थियो।

सन् २०१६ मा विश्व च्याम्पियन भएको अर्जेन्टिनाले कोपाको उपाधि सन् २००३ र २०१५ मा जितेको थियो।  

प्रकाशित मिति: : 2022-02-07 12:29:00

प्रतिकृया दिनुहोस्