विमानस्थलमा बरामद भएको 'अनौठो सुन'ले उब्जाएको प्रश्न : के ह्वाइट गोल्ड पनि भित्रिन थालेको हो?

पहिलोपोष्ट

काठमाडौँ

 सोमवार दुबईबाट एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। भन्सार कार्यालयको सामान 'एक्स-रे' गर्ने मेसिन पार हुन नपाउँदै उनी भन्सार कर्मचारीको नियन्त्रणमा परे। उनले साथमा ल्याएको बस्तु बहुमूल्य भएको सङ्केत मेसिनले गरिसकेको थियो।

त्यसपछि उनको साथबाट चार वटा सिक्री फेला पर्‍यो। नापतौल गर्दा ४ वटा सिक्रीको तौल ६ सय ५० ग्राम। विदेशबाट आउँदा काँचो सुन १ सय ग्रामभन्दा बढी ल्याउन पाइँदैन। गहना पनि २ सय ५० ग्रामसम्म मात्र कोटा निर्धारित छ। ती भारतीयले ल्याएको सुन नेपालमा प्रचलित तौल अर्थात् तोलामा गणना गर्दा ५५ भन्दा माथि पर्न आउँछ। जसको मूल्य ५० लाख रूपैयाँभन्दा धेरै हो। यस हिसाबले पनि उक्त सुन भन्सारले तोकेभन्दा बढी भएकाले जफत हुने देखियो।

तर, जब उनले ल्याएको सुन नियन्त्रणमा लिएर भन्सार कार्यालयका कर्मचारीले त्यसलाई टुक्रा पारेर परीक्षण गर्न खोजे - भित्रपट्टि सेतो चाँदीजस्तै पदार्थ देखियो। भन्सार कर्मचारीको नियन्त्रणमा रहेका ती भारतीयले पनि ल्याएको सिक्री चाँदी नभएर सुन नै भएको दाबी गरिरहेका थिए। सामान्यतया सुन सक्कली वा नक्कली छुट्याउन कठिन हुँदैन। तर, यस केसमा भने ल्याउने र भन्सारका कर्मचारीको दावी बाझियो।

प्रकाशित मिति: : 2022-02-09 10:44:00

प्रतिकृया दिनुहोस्