नेपाललाई जितका लागि १३६ रनको लक्ष्य

File Photo
File Photo

चार देशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली ओमानले नेपाललाई १३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो । 

ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए। उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे।यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए। यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए। 

ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।नेपालले आफ्नो दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ।

प्रकाशित मिति: : 2022-02-11 17:50:00

प्रतिकृया दिनुहोस्