‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

File Photo
File Photo

यसपटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन्। यसपटक ‘नागिन’मा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदैछ।

एकताले कलाकार खोज्नका लागि निकै पैसा खर्च गरेकी छन्। त्यसो त यसअघि पनि धेरै अभिनेत्रीहरूले नागिन बन्नका लागि उनीहरूले मागे जति नै रकम पाएका थिए। यो सूचीमा करिश्मा तन्ना, मौनी राय, सुरभी ज्योती, अनीता हसनंदानी, हिना खान, निया शर्मा, शायन्तनी घोष र सुरभी चान्दनाको नाम छन्।एकताले पहिलो नागिन मौनी रायलाई बनाएकी थिइन्। मौनीले ‘नागिन’को दुई सिजनमा काम गरिसकेकी छन्। उनले ‘नागिन’मा काम गर्नका लागि दुई लाख रुपैंयाँ पारिश्रमिक लिएकी थिइन्।

‘नागिन ३’मा सुरभी ज्योतीले नागिन बनेर हंगामा मच्चाएकी थिइन्। फ्यानहरू सुरभीको नागिन लुक्सलाई आज पनि बिर्सेका छैनन् । उनले यो शोमा ६० हजार पारिश्रमिक लिएकी थिइन् ।करिश्मा तन्नाले पनि ‘नागिन ३’मा इच्छाधारी नागिन बनेर धमाल मच्चाएकी थिइन् । उनले प्रतिभाग ५० हजार पारिश्रमिक लिएकी थिइन्। तर, उनको भूमिका निकै छोटो थियो।यो सूचीमा अनीता हंसनदानीको नाम छुट्दैन। अनीताले शोमा विशाखाको भूमिका निभाएकी थिइन्। उनी ‘नागिन’को सिजन ३ र ४ मा देखिइसकेकी छन्। उनले नागिन बन्नका लागि आफ्नो साथी एकता कपुरबाट प्रति एपिसोड ५० हजार रुपैयाँ लिएकी थिइन्।

‘नागिन ४’मा शायन्तनी घोषले पनि नागिन बन्ने अवसर पाइन्। उनले नागिन बन्नका लागि २० हजार रुपैयाँ मात्र पारिश्रमिक लिएकी थिइन्।अभिनेत्री हिना खानले ‘नागिन ५’को तीन एपिसोडमा मात्र काम गरिन्। उनले एकता कपुरबाट मागे जति पारिश्रमिक पाएकी थिइन्। उनले डेढ लाखदेखि तीन लाख रुपैंयाँसम्म पारिश्रमिक लिएकी थिइन्।नागिन ४’मा देखिएकी निया शर्माले यो शोमा काम गर्दा प्रतिएपिसोड ४० हजार पारिश्रमिक लिएकी थिइन्। पारिश्रमिकको मामलामा सुरभी चाँदनी पनि कोहीभन्दा कम छैनन्। उनले ‘नागिन ५’मा काम गर्नका लागि एक लाख २० हजार रुपैयाँ मोटो रकम लिएकी थिइन्।

‘नागिन ६’मा तेजस्वी प्रकाशलाई नागिन बनाउनका लागि एकता कपुरले पानी बगाएसरी पैसा बगाएकी छन्। यद्यपि उनले कति पारिश्रमिक लिइन् भन्ने कुरा खुलेको छैन। ‘नागिन ६’का लागि एकता कपुरले १३० करोड रुपैयाँ लगानी गरेकी छन्।
 

प्रकाशित मिति: : 2022-02-13 12:30:00

प्रतिकृया दिनुहोस्