एनएसएलमा झापा, मेची र विरगंज थपिए

file photo
file photo

आगामी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा तीन टिम थपिएका छन्।

 प्राप्त स्रोत अनुसार तीन क्षेत्रबाट आगामी सिजनका लागि तीन टोली छनोट गरिएको हो।पूर्वबाट स्पोर्टिन इलाम मेची र झापा एफसी तथा  तराईबाट वीरगन्ज युनाइटेड थपिएको स्रोतले जनाएको छ।आगामी संस्करण २६ चैतबाट सुरुहुँदैछ। यस पटक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले प्रतियोगिता पोखरा र काठमाडौंमा गर्ने योजना बनाएको छ। 

गत सिजन भएको एनएसएलमा सात टोली रहेका थिए। विराटनगर सिटी, एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफस, पोखरा थण्डर्स, धनगढी एफसी र बुटवल लुम्बिनी रहेका थिए। 
 

प्रकाशित मिति: : 2022-02-13 17:43:00

प्रतिकृया दिनुहोस्