बेपत्ता बुबाको खोजी गर्न पत्रकार बनेकी नगमाको १७ वर्षदेखिको प्रश्न- ‘खै मेरो बाबा?

हिमाल खबर

अनिता भेटवाल
नगमा माली, बुबा नन्दगोपालको तस्वीर देखाउँदै।

द्वन्द्वकालमा बेपत्ता भएका बुबाको खोजीमा १७ वर्षदेखि भौंतारिइरहेकी नगमा माली थाकेकी छैनन्, बुबा फर्कने आशले खोजीमा ऊर्जा भरिरहेको छ। 

दुई-चार दिनमा फर्कन्छु भनेर गएको मानिस नफर्किए कहिलेसम्म पर्खने? एक महीना, एक वर्ष कि कति समय?

ललितपुर, ठेचोकी २४ वर्षीया नगमा मालीको जवाफ छ, “जबसम्म पर्खने मान्छे बाँच्छ, तबसम्म। आफू बाँचेसम्म फर्कने आश हुँदो रहेछ।”

८ असार २०६१ राति। नगमाका बुबा नन्दगोपाल माली मूर्ति बनाउन भनेर घरबाट निस्किएका थिए। त्यही दिन नन्दगोपाल सुरक्षाकर्मीबाट बेपत्ता पारिए।

प्रकाशित मिति: : 2022-02-14 06:17:00

प्रतिकृया दिनुहोस्