तलब बृद्धिको माग गर्दै अस्ट्रेलियाका नर्स आन्दोलनमा

स्थिर तलब र कर्मचारी अभावको विरोधमा अस्ट्रेलियाको न्यु साउद वेल्सका हजारौं नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नर्सहरुको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन्। राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरुले विरोध गरेका हुन्। 

ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो बृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ। न्यु साउद वेल्समा भएका केसहरु अस्ट्रेलियाको २५ लाख संक्रमणहरुको ठूलो हिस्सा हो। 

हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए। उनीहरुमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरु र नर्सका पोसाक लगाएका थिए। 

उनीहरूको मागमा नर्स र विरामीको अनुपातदेखि २दशमलब ५ प्रतिशत समावेश छ।

प्रकाशित मिति: : 2022-02-15 15:24:00

प्रतिकृया दिनुहोस्