लोकतन्त्रको नाममा वंशवाद

गोरखापत्र

डा. पदमराज कलौनी

नेपालको राजनीति वंशवादमा हुर्कन थालेको छ। राजतन्त्र वंश परम्परामा आधारित व्यवस्था थियो। राजतन्त्रप्रति जनताको घृणा हुनुका पछाडि राजदरबारको नाममा हुने वंशशासन र नातावाद थियो। वंशवाद र नातावाद शासनमा एउटै परिवार, वंश वा समूहबाट एकपछि अर्को शासक बन्दछन्। वंशवादले भाइ भतिजावाद जन्म दिन्छ। सिद्धान्त तह लोकतन्त्रमा वंशवादको कुनै महत्त्व हुँदैन तर व्यवहारमा वंशवाद धेरैजसो देशमा हावी देखिन्छ। लोकतन्त्रमा वंशवादलाई निकृष्टतम कोटीको आरक्षण मानिन्छ।

यसलाई राजतन्त्रको सुधारिएको (श्रीपेच विहीन) व्यवस्था मान्न सकिन्छ। वंशवाद आधुनिक राजनीतिक शासन प्रणालीमा प्रगतिशीलताको विरुद्ध हुन्छ। लोकतान्त्रिक पद्धतिमा हुने भनिएको स्वच्छ प्रतिस्पर्धालाई यसले रोक्छ। छोटो समयमा नेपालको लोकतान्त्रिक पद्धतिमा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहमा परिवारको दबदबा देखिन्छ।

प्रकाशित मिति: : 2022-02-17 09:01:00

प्रतिकृया दिनुहोस्