महिला लिग चितवन र विराटनगरमा हुने

राष्ट्रिय महिला लिगको पहिलो चरण चितवन र दोस्रो चरण विराटनगरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगलाई मोफसल लैजादै दुई सहरमा आयोजना गर्ने निर्णय गरेको हो। 

सोही अनुसार एन्फाले दुबै सहरका सरोकारवाला पक्षसँग सम्झौता गरिसकेको छ। एन्फा र विराटनगर  महानगरपालिकाबीच लिगको दोस्रो चरण विराटनगरमा गर्ने र लिगको उत्कृष्ट पाँच टोली र प्लेअर अफ म्याचलाई महानगरपालिकाले ४५ लाख रुपैयाँ दिने सम्झौता भएको हो।

लिगको दोस्रो चरणका खेलहरू विराटनगरको सहिद रंगशालामा हुनेछ। एन्फाले पहिलो चरणका खेल गर्नका लागि भरतपुर महानगरपालिका चितवनसँग सम्झौता गरेको थियो। भरतपुरले एन्फालाई पहिलो चरणको खेल सञ्चालन गर्न एन्फालाई २० लाखको सहयोग गरेको छ।

प्रतियोगिताको मिति भने अझै तय भएको छैन। १५ माघदेखि सुरू गर्ने भनिएको प्रतियोगिता कोभिड–१९ को कारण एन्फाले अनिश्चित समयका लागि स्थगित गरेको थियो।

प्रकाशित मिति: : 2022-02-17 16:07:00

प्रतिकृया दिनुहोस्