समावेशी वाङ्मय खोज्नुको मज्जै बेग्लै

संस्कृति र सभ्यताका जराहरू थाहा पाउनुपर्छ। सबैको बौद्घिक सम्पदा छ। चाहे त्यो लिखित वा अलिखित नै किन नहोस्।

अन्नपूर्ण पोष्ट

रविन भट्टराई

कविताको कोरियोग्राफी’मा पीएचडी गरेका विप्लव ढकालले एउटा विशेष कृति तयार पारे ‘भोजपुरको वाङ्मय’। पुस्तकहरूको भीडमा फरक स्वाद दिन विमर्श र अभिलेख मिसाएर वाङ्मय तयार पारे। खस नेपाली भाषामा लेखिएकालाई मात्रै नेपाली वाङ्मय भन्ने परम्परा तोड्न चाहन्छन् उनी। देशका हरेक मातृभाषाभित्र इतिहास लुकेको हुन्छ। खोजेर समाज जस्तै समावेशी पुस्तक बनाउनुपर्छ भन्ने ठान्छन् डा. ढकाल। त्यसैले भोजपुरको वाङ्मय समावेशी इतिहासको नमुना भन्न रुचाउँछन्। ३७ वर्षको अनुसन्धान र खोजबाट तयार भएको पुस्तकलाई सबैको हृदय जोड्ने पुल बनाउने उनको विश्वास छ। जीवनका धेरै वर्षको साधना, मनस्थिति र माटोको माया मिसिएको छ यसमा। प्रस्तुत छ– पुस्तक सार्वजनिकीकरणका सन्दर्भमा लेखक ढकालसँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी– 


भोजपुरको वाङ्मय लेख्न किन मन लाग्यो ?

प्रकाशित मिति: : 2022-02-19 12:04:00

प्रतिकृया दिनुहोस्