महामारी कम गर्ने प्राचीन नाच!

हिमाल खबर

रेणु त्वानाबासु
तस्वीर: अमित मचामसी/हिमालखबर
तस्वीर: अमित मचामसी/हिमालखबर

जीवित ‌देवी भनेर कुमारीको देशव्यापी चर्चा भए पनि भक्तपुरमा भने नवदुर्गालाई पनि जीवित देवीका रूपमा मानिन्छ। स्थानीयहरू यसलाई ङालाकेगू नाच अर्थात जात्राका रूपमा चिन्छन्।

हाल यो नाच भक्तपुरका टोलटोलमा चलिरहेको छ। नाच भक्तपुरका २४ वटा टोलमा देखाइन्छ भने भक्तपुर बाहिरको साँगा, पनौती, काठमाडौंको टोखामा पनि देखाउन जाने चलन रहेको छ।

“नवदुर्गा नाचमा मुकुण्डो सहित १९ जना देवगण रहन्छन्,” नाच गर्ने देवगणका सदस्य नारायणमान वनमाला भन्छन्, “नाचका लागि १३ वटा मकुण्डो रहेको हुन्छ, त्यसमा १२ जनाले एउटा एउटा मुखुण्डो लगाएर नाच्ने गर्छन्।”

प्रकाशित मिति: : 2022-02-25 09:58:00

प्रतिकृया दिनुहोस्