कहाँ लुके पल शाह : पक्राउ गर्न सीआईबीदेखि महाशाखाको टोली खटियो

कमल प्रभात

काठमाडौं
Breaknlinks
Breaknlinks

एक १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका नायक पूर्ण विक्रम शाह उर्फ पल शाहलाई पक्राउ गर्न नेपाल प्रहरीको सम्पूर्ण युनिट लागी परेको छ।

पीडित गायिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीमा किटानी जाहेरी दिएका थिए।

जबरजस्ती करणीको अभियोगमा जिल्ला अदालत तनहुँले पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरीले देशैभरी खोजी थालेको हो।

पललाई पक्राउ गर्न नेपाल प्रहरीकाे सम्पूर्ण युनिटले छुट्टाछुट्टै टोली परिचालन गरेका छन्। उता अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको जानकारी पाएलगतै पल शाह भने फरार भएका छन्।

गायिकाका आफन्तले बुधबार पलविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले पललाई पक्राउ गर्न अदालतमा अनुमित मागेको थियो। त्यो कुराको थाहा पाउनासाथ पल फरार भएको प्रहरीले जनाएको छ।

फरार पल शाहको खोजी कार्य भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु केसीले बताए। ‘पल शाहलाई हामीले खोजी रहेका छौं। उनी जहाँ भएपनि पक्राउ पर्छन्’, एसएसपी केसीले बिएल नेपाली सेवासँग भने, ‘उनलाई पक्राउ गर्न सम्पूर्ण प्रहरी युनिटलाई निर्देशन दिइएको छ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महानगरीय अपराध महाशाखा, काठमाडौं प्रहरीलगायत विभिन्न प्रहरी युनिटले पलको खोजी थालेकाे छ।

पलको तिव्र खोजी भइरहेको सीआईबीका प्रमुख डिआइजी धिरज प्रताव सिहंले बताए। सीआईबीको टोलीले उनलाई उपत्यकालगायत उनी लुक्न सक्ने सम्भावित क्षेत्रलाई आँकलन गरी खोजी थालिएको डीआइजी सिंहले बताए।

पल बुधबार साँझ काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा देखापरेका थिए। प्रहरीले खोजेको थाहा पाएपछि ललितपुरको बालकुमारी क्षेत्रमा पुगेका उनी पक्राउ  नजिक पुगेका थिए, मोबाइल अफ गरेर भागे।

त्यसैगरी महानगरीय अपराध महाशाखाको पनि एक टोली पलको खोजीमा जुटेको छ। महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरकाअनुसार बुधबार साँझदेखि पलको खोजीमा महाशाखाको टोली खटिएको हो।

‘तनहुँ प्रहरीले पक्राउ गरी बुझाउन आग्रह गरेपछि हामी पलको खोजीमा जुटेका छौं’, महाशाखा प्रमुख एसएसपी कुँवरले भने, ‘खोजी हुँदैछ, ‘हामी छिट्टै पक्राउ गर्छौंं।’

प्रहरी स्रोतकाअनुसार पल बुधबार साँझ काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा देखा परेका थिए। प्रहरीले पलकाे खोजी थालेको थाहा पाएपछि पल त्यहाँबाट ललितपुरको बालकुमारी क्षेत्रमा पुगेका थिए।

बालकुमारी पुगुन्जेलसम्म प्रहरीले उनको लोकेशनलाई केलाउँदै पक्राउको नजिक पुगिसकेको थियो। बालकुमारी क्षेत्रबाट मोबाइल अफ गरेर भागेका थिए।

बालकुमारीबाट फरार भएका पललाई पक्राउ गर्न अहिले देशैभर प्रहरी सक्रिय रहेको छ। प्रहरीले पल लुक्न सक्ने ठाँउलाई आँकलन गरी खोजी कार्य थालेको छ।

बुधबार साँझदेखि नै मोबाइल फोन अफ भएपनि पलको सामाजिक सञ्जाल फेसबुक भने बिहीबार बिहानसम्म चलेको देखिन्छ। उनले बिहीबार बिहान ८ बजेर २५ मिनेट जाँदा आफूलाई दुर्गेस थापालगायत ४ जनाले फसाएको भन्दै आफ्नो भनाई राखेका थिए। 

यो पनि पढ्नुहोस् 
कति विरोधाभास छ– 'नायक' र 'बलात्कार' ! - डा. प्रदीप भट्टराई

पल शाह प्रकरण: यसो गरे सबैको ‘जीत’ हुन्छ !- डा. प्रदीप भट्टराई

प्रकाशित मिति: : 2022-02-25 19:10:00

प्रतिकृया दिनुहोस्