थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर थप २७५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६२८ को  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पिसिआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ६७० पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार २५५ रहेको छ।

पछिल्लो समय थप ५५५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ४५८ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत  रहेको पनि मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ।

त्यसैगरी पछिल्लो समय एक लाख २२ हजार ४९३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० रहेको छ। अहिले होम आइसोलेसनमा नौ हजार २६ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा २५४ आइसीयुमा ९२ र भेन्टीलेटरमा १५ जनाले उपचार गराइरहेका छन्।

प्रकाशित मिति: : 2022-02-25 17:32:00

प्रतिकृया दिनुहोस्