गठबन्धन जोगाउने कसरतमा प्रचण्ड–नेपाल

एमसीसीका पक्षमा नउभिए गठबन्धन तोड्ने कांग्रेसको ‘चेतावनी’ पछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीप्रति नरम बन्दै गएका छन्।

गठबन्धन जोगाउन ‘एमसीसी’ अनुमोदन गराउने पक्षमा उनीहरूले पार्टीमा पनि बहस अघि बढाएका छन्। एमसीसीका पक्षमा स्पष्ट बहुमत नदेखिएपछि शुक्रबारको संसद् बैठक आइतबारलाई सारिएको छ।

अमेरिकाले यसअघि नै सोमबार (फागुन १६) भित्र संसद्बाट अनुमोदन गरिसक्न समयसीमा तोकिसकेको छ। सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘पूरापूर भर’ नगरेका प्रधानमन्त्री देउवाले विपक्षी एमालेसँग पनि सहयोगका लागि वार्ता र छलफल तीव्र पारेका छन्।

कांग्रेस र एमालेबीच सहमति नभएपछि प्रचण्डले शुक्रबार बिहानै शीर्ष नेताको बैठक बसाए। सुदूरपश्चिम पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई काठमाडौं फर्किन आग्रह गरे।

प्रकाशित मिति: : 2022-02-26 10:30:00

प्रतिकृया दिनुहोस्