आमासँग किन सुत्छन् टाइगर ?

बलिउड अभिनेता टाइगर श्राफ बलिउडमा नृत्य र अभिनयका लागि चिनिन्छन्। युवतीबीच उनको क्रेज बढ्दो छ।

तर, सायद कमैलाई मात्र थाहा होला फिल्ममा नडराउने यी अभिनेता वास्तविक जीवनमा भने निकै डरफोक छन्। यो कुराको खुलासा उनी आफैंले गरेका छन्।

टाइगरका अनुसार उनले एक हरर फिल्म हेरेपछि उनी यति डराएकी, त्यसपछिका दिनमा उनी एक्लै सुतेनन्। ‘जब म घरबाहिर हुन्छ या कतै यात्रामा हुन्छु, त्यो समयमा कोही न कोही टिम सदस्यका साथ सुत्छु। घर आउँदा चाहिँ आमासँग सुत्छु’, टाइगरले भनेका छन्। उनले आफ्नो डरबारे आमालाई पनि थाहा भएकाले आफू आमासँग सुत्ने गरेको खुलाए।

कामको कुरा गर्दा उनी चाँडै फिल्म ‘गणपत’मा देखिँदैछन्। जसमा उनको अपोजिटमा कृति सेनन छिन्। यो जोडीलाई दर्शकले फिल्म ‘हीरोपन्ती’मा देखिसकेका छन्। उनीहरु फिल्म ‘हीरोपन्ती २’मा पनि सहकार्य गर्दैछन्।

प्रकाशित मिति: : 2022-02-27 08:35:00

प्रतिकृया दिनुहोस्