युक्रेनमाथि रूसी हमलाः कसको समर्थनमा छन् बेलायती राजकुमार विलियम ?

Photo: Reuters
Photo: Reuters

युक्रेनविरूद्ध रूसी हमलामा बेलायती राजकुमार विलियम र उनकी पत्नी डचेस अफ केम्ब्रिज केटले युक्रेनको समर्थन गरेका छन्। एउटा ट्विट राजकुमार विलियम र डचेस अफ केम्ब्रिज केटले आफूहरू हालै भएको युक्रेन भ्रमणको समेत स्मरण गरेका छन्। 

‘भविष्यका लागि उनीहरू लडाइँ गरिरहेका बेला हामी राष्ट्रपति र युक्रेनी जनताको पक्षमा उभिएका छौ,’ उनले ट्विट गरेका छन्। सन् २०२० को अक्टोबरमा आफूहरूले राष्ट्रपति भोलोदिमिर जलेन्स्की र प्रथम महिलासँग भएको रमाइलो भेटघाटसमेत उनले स्मरण गरेका छन्।

उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य राष्ट्र बेलायत युक्रेनमा हाल भइरहेको रूसी हमलाको विरोधी गरिरहेका पश्चिमा साझेधार राष्ट्रहरूमा महत्वपूर्ण सदस्य हो।

प्रकाशित मिति: : 2022-02-27 09:07:00

प्रतिकृया दिनुहोस्