अञ्जन झापा एफसीका मार्की खेलाडी

File photo
File photo

झापा एफसीले यस सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ। 

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा हुने सुपर लिगका लागि आयोजकले यसअघि नै २२ खेलाडीको सूची निकालेको थियो।अञ्जनले अघिल्लो संस्करणमा ललितपुर सिटी एफसीका मार्की र  कप्तानी गरेका थिए। 

केही दिनअघि मात्र चितनव एफसीले अनन्त तामाङ र ललितपुर एफसीले विमल घर्तीमगरलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ।यसअघि आयोजकले प्रतियोगिताको दोस्रो संस्करणमा स्पोर्टिङ इलामा मेची, झापा एफसी र विरगंज युनाइटेड गरी तीन टोली थपेको छ। 

गत वैशाखमा सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं रेजर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीको सहभागिता थियो।

प्रकाशित मिति: : 2022-02-27 11:40:00

प्रतिकृया दिनुहोस्