सुनको मूल्य ताेलामा एक हजार ४०० रुपैयाँले घट्यो

File photo
File photo

सुनको भाउ साताको पहिलो दिन आइतबार  प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-02-27 12:00:00

प्रतिकृया दिनुहोस्