देशभर १११ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

File Photo
File Photo

नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी सोही समयमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन्। आज थपिएकासँगै हाल देशभर ८ हजार ५१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-27 17:26:00

प्रतिकृया दिनुहोस्