महाशिवरात्रिमा पशुपति क्षेत्रका यी सडक बन्द हुने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको ट्राफिक व्यवस्थापन मिलाएको छ।

मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गर्दै महाशाखाले ट्राफिक प्रबन्ध मिलाएको हाे।

त्यसैगरी विभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागि छुट्टा-छुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ।

टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने पार्किङ गर्ने स्थानहरु समेत तोकिएको छ।

महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।

भक्तजनहरूका लागि सिफल चौर, गुह्येश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङस्थल तोकिएको छ।

आवश्यक अनुसार थप सवारीसाधन ड्राइभर्ट गर्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-28 13:28:00

प्रतिकृया दिनुहोस्