पशुपतिमा सुरू भयाे महाशिवरात्रिकाे तामझम (तस्विरहरू)

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाउने काम गरिएको छ। सो कार्यका लागि करिव रु. ५० लाख खर्च भएको बताइएको छ। यसैगरी पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्र पनि बनाइएको छ।  भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ।


 

प्रकाशित मिति: : 2022-02-28 17:12:00

प्रतिकृया दिनुहोस्