१ हप्ता लाग्ने गोकुलेश्वर महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा

बैतडी र दार्चुला जिल्लाको सिमाना गोकुलेश्वरमा भव्यताका साथ लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। 

गोकुलेश्वरमा शिवरात्रीको दिनदेखि करिब १ सातासम्म भव्य मेला लाग्ने गर्दछ। मेलाका लागी यहाँ स्थित शिव मन्दिरहरुलाई रंगरोगन गरिएको छ भने, अस्थायी पसलहरु थापिएका छन्। 

यस मेलालाई व्यापारीक दृष्टीकोणले प्रसिद्ध मेलाका रुपमा लिइन्छ। यहाँ घरेलु सामग्रीहरु डोका, सुप्पा, मोट्टा, छाप्रा, गाग्री, ढकेरा, पारा तथा हातले बुनेका सामग्रीहरु पाइन्छन्। 

यसैगरी जेरी मिठाईका परिकार बिक्रि गर्न भारतको मथुराबाट व्यापारी आउने गर्दछन्।

विगतमा यस मेलामा नुनदेखि सुन सम्म पाउने मेलाका रुपमा हेरिन्थ्यो। 

गोकुलेश्वर मेलामा करिब १ हप्ता सम्म महिला र पुरुषको डेउडा खेल लाग्ने गर्दछ। 

प्रकाशित मिति: : 2022-02-28 19:33:00

प्रतिकृया दिनुहोस्