बलात्कारको आराेप लागेका पूर्वमन्त्री विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका नेकपा एमाले तथा पूर्वमन्त्री मोहन बानियाँलाई प्रहरीले पक्राउ गरेकाे छ।

उनलाई सोमबार साँझ नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूधन न्यौपानेले जानकारी दिएका छन्।

 

फरार सूचीमा रहेका बानियाँलाई माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। 

उनीविरूद्ध बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो। जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो।

प्रकाशित मिति: : 2022-02-28 20:11:00

प्रतिकृया दिनुहोस्