रूस–युक्रेन शान्ति वार्तामा के भयो ? 

बिएल संवाददाता

किभ, युक्रेन

युक्रेन संकटलाई लिएर युक्रेन र रूसी अधिकारीहरूबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ। युक्रेन र बेलारूसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरूमा जनाइएको छ।

थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो। वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रूसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ । दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरूी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन्। 

तत्काल युद्धविराम गर्न र रूसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो। 


युक्रेनमाथि अन्धाधुन्ध क्षेप्यास्त्र हमला, कैयौँ सर्वसाधारणकाे मृत्यु

प्रकाशित मिति: : 2022-03-01 08:51:00

प्रतिकृया दिनुहोस्