रुसी हमलामा ७० युक्रेनी सेना मारिए

File photo
File photo

रुसी सेनाको हमलामा सोमबार कम्तिमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ। उत्तर पूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन्।

सुमी क्षेत्रलाई रुसी फौजले अहिले घेरा हालिरहेको छ। सोमबार आपतकालीन मजदूरहरुले भग्नावेशषबाट जीवितको उद्दारको प्रयास गरेको प्राप्त विवरणहरुमा जनाइएको छ।मृत्यु भएका सेनाप्रति युक्रेनको संसदले सहानुभूति जनाएको छ। उनीहरु मिसाइल प्रहारमा मारिएको युक्रेन सरकारले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-03-01 13:05:00

प्रतिकृया दिनुहोस्