सय वर्षअघिको शिवरात्रि: पशुपतिमा गाँजा खुवाउन सरकारले दिन्थ्यो ५० रुपैयाँ

हिमाल खबर

काठमाडाैँ

सय वर्षअघि पनि शिवरात्रिमा काठमाडौं बाहिरबाट आउने साधुसन्त, फकीरका लागि खानपान, बसोबास, स्वास्थ्योपचारसँगै मिठाई र गाँजा खुवाउन समेत सरकारले बजेट छुट्याउने गरेको थियो।

आज महाशिवरात्रि। झिसमिसेदेखि नै पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजापाठ गर्न भक्तजनको घुइँचो लागेको छ। भजनकीर्तन चलिरहेको छ। शङ्खघण्टको ध्वनि गुन्जिरहेको छ।

झन् पशुपतिनाथमा त एक महीनादेखि नै तयारी थालिएको थियो। चिरिच्याट्ट पारिएको यो क्षेत्र साधुसन्तले पनि भरिएको छ। देशभित्रका मात्रै नभएर बाहिरबाट पनि धेरै साधुसन्त र भक्तजन निर्बाध रूपमा पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न आएका छन्।

सय वर्षअघि भने शिवरात्रिमा काठमाडौं आउन कडाइ थियो। “सीमानाकामा जाँच गरिन्थ्यो,” यसबारे जानकार राष्ट्रिय अभिलेखालयका कर्मचारी कमल न्यौपाने भन्छन्, “त्यति वेला नेपाल (काठमाडौं) आउन पासपोर्ट चाहिने रहेछ।”
 

प्रकाशित मिति: : 2022-03-01 17:00:00

प्रतिकृया दिनुहोस्