आजबाट सहिद  स्मारक ‘बी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद  स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन्। 

बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन्। 

अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन्। शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन्। यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन्।

एन्फाले ए डिभिजन लिग समाप्तीसंगै बी डिभिजन लिग सुरु गर्न लागेको हो।

प्रकाशित मिति: : 2022-03-02 08:11:00

प्रतिकृया दिनुहोस्