अरुण नदीमा पुल अलपत्र पार्ने ठेकदार कम्पनीको ठेक्का रद्द गर्छौं: मुख्यमन्त्री राई

मुख्यमन्त्री राजेन्द्र राईले  संखुवासभा  र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमा पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्दे कारबाही गर्ने बताएका छन्। 

मुख्यमन्त्री  राईले अरुण नदीको अलपत्र पक्की पुल अनुगमन सो कुरा बताएका हुन्। 

 मुख्यमन्त्री राईले बुधबार ११ बर्ष अघि निर्माण थालिएको संखुवासभा  र भोजपुर जोड्ने लम्सुवाघाट स्थित अरुण नदीको अलपत्र पक्की पुलको अनुगमन गरेका हुन्। स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको छ। २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ। 

अलपत्र पुल अनुगमन गर्दे मुख्यमन्त्रीराईले हालसम्मको प्रगति अवस्थाको बारेमा जानकारी लिएका थिए। लम्सुवाघाटको अरुण नदीमा तीन बर्ष भित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भएपनि हालसम्म ३० प्रतिशत मात्र काम सकिएको छ। 

अलपत्र पुलको अनुगमन गर्दे मुख्यमन्त्रीराईले डिजाइन अनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कार्रवाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने उनले बताए। 

अहिलेको अवस्थामा यहाँ पुल बन्न नसक्ने भएका कारण नयाँ ठेक्का गर्न वा ठाउँ चेन्ज गर्न भन्ने चाडै निश्र्कष निकालिने मुख्ममन्त्री राईले बताए।

स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुष १३ गते सम्म म्यादथप गरेको थियो। १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुल हालसम्म खर्च ३ करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ। 

पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको जनाएको छ  । लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो। पुल अनुगमनमा संखुवासभा जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य,खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: : 2022-03-02 21:32:00

प्रतिकृया दिनुहोस्