रुसको स्वतन्त्र समाचार सञ्जालका पत्रकारहरू देश छोडेर भाग्न बाध्य

UKRAINE EMERGENCY MINISTRY PRESS SERVICE/AFP
UKRAINE EMERGENCY MINISTRY PRESS SERVICE/AFP

रुसको स्वतन्त्र समाचार सञ्जाल दोज्दका पत्रकारहरूले आफ्नो सुरक्षाको लागि देश छोडेका छन्। रसियाले नेटवर्कविरुद्ध डिजिटल अवरोध स्थापना गरेको एक दिनपछि उनीहरु भागेका हुन्।

देशको अभियोजक जनरलको कार्यालयले मंगलबार एक आदेश जारी गर्दै टिभी रेन अर्थात् दोज्द र रेडियो इको अर्थात् ईखो मोस्क्वी गरी दुबैलाई पहुँचको प्रतिबन्ध लगाइएको थियो।

बुधबार टिभि रेनका मुख्य सम्पादक टिखोन जायाडकोले उनी र उनको परिवारसहित सम्पादकीय कर्मचारीहरू रसिया छोडेकाे टेलिग्रामद्वारा बताएका छन्।

‘दोज्दको वेबसाइट, डोज्दको सामाजिक सञ्जाल खाताहरू र केही कर्मचारीहरूविरुद्ध धम्कीहरू आएपछि स्पष्ट छ कि हामीमध्ये केहीको व्यक्तिगत सुरक्षा जोखिममा छ,’ जायाड्को भने।

रूसका अधिकांश मिडिया आउटलेटहरूले भ्लादिमिर पुटिनको लाइनलाई मान्दै उदाहरणका लागि युक्रेनमा रूसको आक्रमणलाई 'आक्रमण' नभन्दै राज्यका आदेशहरू पालना गरेका छन्। रूस टुडेको ग्लोबल लाइभ स्ट्रिमले यसलाई 'युद्ध'को सट्टा पुटिनका शब्दमा 'विशेष अपरेशन' भनेका छन। टिभी रेन र एको मोस्कवीको क्रेमलिनको अवज्ञामा पत्रकारिता गर्ने दृढ संकल्पले उनीहरूलाई लक्षित बनाएको छ।

टिभी रेनको युट्युब च्यानल अझै रूस बाहिर मुलुकमा खुले पनि यसको वेबसाइट रूसी इन्टरनेट प्रयोगकर्ताहरूको लागि खुलिरहेको छैन।

जायाड्कोले टेलिग्राममा भनेका छन्,– टिभी रेनले अभियोजक जनरलको कार्यालयको निर्णयलाई अपिल गर्नेछ र आंशिक रूपमा टाढाबाट काम जारी राख्नेछ।

‘हामीले वास्तविक खतराको सामना गरिरहेका छौं। यहाँ काम गर्न गाह्रो भइरहेको छ,’ एन्कर एकटेरिना कोट्रिकाड्जेले आइतबार मस्कोबाट भने।

'उनीहरूले हामीलाई तिनीहरुले चाहेजस्तै सन्देश दिन खोजिरहेका छन्,' उनले भनिन्,'तर तपाईंलाई थाहा छ हाम्रो लागि यस्तो काम गर्न असम्भव छ।'

मंगलबार ज्याड्कोले सिएनएनकी क्रिस्टियान अमानपोरलाई भने,'उनीहरुले हामीलाई नागरिकहरु माझ र रुसी सैनिकहरु माझ मृत्युबारे वास्तविक जानकारी फैलाउन चाहदैनन्।'

जायाडकोले रूस आफ्नो र सहकर्मीहरूको सुरक्षाको लागि चिन्ताजन रहेकाे स्वीकार गरेका छन।

'हाम्रा श्रोताहरू धेरै छन् र तिनीहरूप्रति हामीसँग जिम्मेवारी छ। तर, हाम्रो परिवारको लागि पनि जिम्मेवारी छ। त्यसैले हामीले सोच्न आवश्यक छ,' उनले भने।

वाशिंगटनमा, स्टेट डिपार्टमेन्टका प्रवक्ता नेड प्राइसले भने,'हामी क्रेमलिनले युक्रेन विरुद्धको पूर्व नियोजित, अप्रत्याशित र अनुचित आक्रमणको विरोधमा असहमतिलाई दबाउन प्रयासमा यस्ता स्वतन्त्र मिडिया आउटलेटहरू बन्द गर्ने प्रयासको निन्दा गर्दछौं।'

एजेन्सीकाे सहयोगमा

प्रकाशित मिति: : 2022-03-03 10:06:00

प्रतिकृया दिनुहोस्