बुटवल लुम्बिनीको मार्कीमा विशाल र प्रशिक्षकमा अनन्त

Breaknlinks
Breaknlinks

अनन्त राज थापा आगामी फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल)मा बुटबल लुम्बिनी एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। 

क्लबले बिहीबार आफ्नो वेबसाइटमा मार्की खेलाडी विशाल श्रेष्ठलाई नै निरन्तरता दिँदै प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो। यसअघि प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका थिए। यस्तै टिमको व्यवस्थापमा रविन श्रेष्ठ रहँदा जेनेरल म्यानेजरमा राजु काजी शाक्यले निरन्तरता पाएका छन्। 

गत वर्ष प्लेअफ खेलेको बुटवलले लुम्बिनीले नेपालका पूर्वखेलाडीसमेत रहेका ए लाईसेन्स प्राप्त अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो। उनी शीर्ष डिभिजन लिगमा नेपाल पुलिससँग आवद्ध छन्।

यता, नेपाल राष्ट्रिय टोलीका सदस्य तथा पुलिस क्लबकै डिफेण्डर रहेका रविनले पहिलो पटक क्लबको व्यवस्थापन हेर्ने भएका हुन्। २७ चैतबाट सुरु हुने भनिएको दोस्रो संस्करणको प्रतियोगितामा १० टोलीको सहभागी हुनेछ। शुक्रबार खेलाडी अक्सन समेत हुने कार्यक्रम छ। 

प्रकाशित मिति: : 2022-03-03 17:19:00

प्रतिकृया दिनुहोस्