युक्रेनमाथि रूसी आक्रमणको विरोध गर्दै नेपालले देखाएको कूटनीतिक परिपक्वता

हिमाल खबर

सन्त गाहा मगर

नेपाल सरकारले युक्रेनमाथि शक्तिशाली छिमेकी रूसले गरेको सैन्य आक्रमणको विरोध गरेर परिपक्व कूटनीति अपनाएको कूटनीतिज्ञहरूले बताएका छन्।

१८ फागुनमा युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै युद्ध रोक्न र सैनिक फिर्ता गर्नुपर्ने प्रस्तावमाथि मतदान हुँदा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये नेपाल सहित १४१ देशले पक्षमा भोट दिए। रूसले छिमेकी देशमाथि आक्रमण शुरू गरेको भोलिपल्टै (१२ फागुन) नेपालले विज्ञप्ति मार्फत आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको थियो।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि सार्वभौम राष्ट्र विरुद्धको शक्ति प्रयोगको विरोध गर्दै शान्तिपूर्ण तरीकाले समस्याको समाधान खोज्नुपर्नेमा जोड दिइएको छ। ‘नेपालले कुनै पनि अवस्थामा सार्वभौमसत्ता सम्पन्न मुलुक विरुद्ध हुने शक्ति प्रयोगको विरोध गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2022-03-05 06:23:00

प्रतिकृया दिनुहोस्