मालारानीमा बेथिति : बिदाको दिन मदिराले लट्ठ भएर सरकारी गाडी हाँक्दै कर्मचारी (भिडियो) 

Breaknlinks
Breaknlinks

अर्घाखाँचीको मालारानी गाउँपालिकाले सरकारी सवारी साधनको चरम दुरुपयोग गरेको छ।

गाउँपालिकाका कर्मचारीले शनिबार सार्वजनिक बिदाको दिन जाँडरक्सी खाएर सवारी साधन जथाभावी प्रयोग गरेका हुन्।

गाउँपालिकाको लु १ झ ६०९ नम्बरको डबल क्याप शनिबार (हिजो) गाउँपालिकाका प्रशासकीय प्रमुख शङ्कर भुसालले मद्यपान सेवन गरी चलाएको अवस्थामा सितगंगा गाउँपालिकका युवाहरुले नियन्त्रणमा लिएका थिए।

उनलाई युवा टोलीले गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड अन्तर्गत ठाढाबाट नियन्त्रणमा लिएका थिए। रातको समयमा भेटिएका भुसाल रक्सी खाएर मात्तिएकाे र सोही क्रममा उनले अपशब्द समेत बोलेकाे युवाहरुले बताएका छन्।

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन। अत्यावश्यक भएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ। तर, मालारानीले भने उक्त नियमको धज्जी उडाउँदै विगतदेखि नै सवारी साधनको दुरुपयोग गर्दै आएको छ।

केही साताअघि पनि उक्त गाउँपालिकाको सोही गाडी सार्वजनिक बिदाको दिन अनधिकृत रुपमा जंगलमा भेटिएको थियो। त्यसबेला जिप्रकाले पालिकालाई सम्झाई बुझाई गरी फिर्ता गरेको  थियो।

यस विषयमा बुझ्न खोज्दा गाउँपालिका सम्पर्कमा आएको छैन।

प्रकाशित मिति: : 2022-03-06 10:20:00

प्रतिकृया दिनुहोस्