पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

नाबालिग गायिकामाथि जबर्जस्ति करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो।

शाहलाई म्याद थपका लागि आज (आइतबार) जिल्ला अदालत लगिएको थियो। भोलिबाट अदालतमा उनको बयान सुरु हुने बताइएको छ।

शाहले गत फागुन १५ गते तनहुँ प्रहरीमा गिरफ्तारी दिएका थिए।

नाबालिग गायिकाले आफूमाथि शाहले विभिन्न स्थानमा पटक–पटक करणी गरेको भन्दै जाहेरी दिएकी छन्।

पल शाहको विपक्षमा उभिए यी अभिनेत्रीहरु

पल शाह प्रकरण: कति विरोधाभास छ– 'नायक' र 'बलात्कार' !

पल शाह प्रकरण -अंक ३ : नेपाली समाजको मनोदशा र केही संगीन प्रश्नहरू ?

प्रकाशित मिति: : 2022-03-06 15:32:00

प्रतिकृया दिनुहोस्