म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित

Photograph: Tom Jenkins/The Guardian
Photograph: Tom Jenkins/The Guardian

केबिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि इग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४-१ अन्तरको जित निकालेकाे हाे।

पहिलो हाफमा २-१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा बलियो रह्यो।

केभिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए। जाडोन सान्चोले २२औँ मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो।

२८औँ मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए। यसपछि खेलको ६८ र ९०औँ मिनेट रियादले गोल गरेपछि सिटीले प्रभावशाली जित निकाल्यो।

जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ। २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ।

पराजित युनाइटेड भने २८ खेलबाट  ४७ अंकसहित पाँचौ स्थानमा छ।

आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३-२ अन्तरको रोमान्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो।

प्रकाशित मिति: : 2022-03-07 06:57:00

प्रतिकृया दिनुहोस्