‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण जुलाई ३ मा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आयोजना हुने भएको छ। मंगलवार काठमाडौैंमा एक कार्यक्रमको आयोजना गरी आयोजकहरूले जानकारी दिएका हुन्।
कार्यक्रम नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए)ले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। कार्यक्रम एटिए एभरेष्ट इन्स्यूरेन्सले प्रायोजन गर्न लागेकोले महोत्सवको नाम नै 'एटिए एभरेष्ट इन्स्यूरेन्स पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ राखिएको छ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लका अनुसार समारोहमा नेपाली चलचित्र र चलचित्रकर्मीलाई सम्मान, अमेरिकामा रहेका चलचित्रकर्मीलाई प्रोत्साहन तथा सम्मान र भुटानी कलाकर्मीलाई सम्मान गरिनेछ। कार्यक्रममा भुट्निज नेपाली चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने छ।
अमेरिकामा अवार्ड आयोजना गर्नुको मूल उद्धेश्य नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु हो, अध्यक्ष मल्लले भने। उनले अगाडि भने, 'हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं।’
‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को आयोजनामा हुन लागेको अवार्डमा सफल नेपाली चलचित्र र चलचित्रकर्मीलाई सम्मान, अमेरिकामा रहेका चलचित्रकर्मीलाई प्रोत्साहन तथा सम्मान, भुटानी कलाकर्मीलाई सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो।
अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन्।
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा आगामी जुलाई ३ मा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण आयोजना हुने भएको छ। काठमाडौैंमा मंगलवार एक कार्यक्रम आयोजना गरी यसको जानकारी दिइएको हो।
‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रवद्र्धन गर्नु हो। नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो। अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो। नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो। हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०२१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ कोरोनाका कारण सन् २०२० र २०२१ मा भने आयोजना हुन सकेको थिएन।
टेक्सासको डल्लास क्षेत्र अमेरिकाकै सबैभन्दा ठूलो नेपाली डायस्पोराका रूपमा विकसित भएको छ। केही समययता अमेरिकाका विभिन्न राज्यबाट यो क्षेत्रमा उल्लेख्य मात्रामा नेपालीहरू बसाइ सरेका छन्।
अमेरिकाको स्वतनत्रता दिवश जुलाई ४ को पूर्वसन्ध्यामा आयोजित समारोहमा यस वर्ष डल्लास क्षेत्रका नेपालीहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको छ। पछिल्लो समय यहाँ ठूलो संख्यामा नेपाली कलाकारहरू पनि बस्न थालेका छन्।