अग्रज संगीत श्रष्टा तथा लोकप्रिय अभिनेता जयनन्द लामाको १३औं पूण्य तिथिको अवसर पारेर अमेरिकाको न्यूयोर्कस्थित धर्महाउसमा एक श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ।
बौद्धधर्मगुरु आचार्य दावासाङपो योल्मोपाले मोलमपाठ गरेको कार्यक्रममा न्युयोर्कस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्वर्गीय लामाको तस्वीरमा खादा चढाएका थिए। उनीहरूले लामाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनामा समवेदना पनि प्रकट गरेका थिए।
अभियन्ता इन्द्र तामाङ तथा उनकी श्रीमती राधिका तामाङले संयोजन गरेको कार्य्रकमको आयोजनामा तामाङ सोसाइटी अफ अमेरिका र शेष ग्लानले सघाएका थिए।
नेपालका अग्रज संगीत श्रष्टा तथा लोकप्रिय अभिनेता लामाको भक्तपुर कौशलटारस्थिर घरमा गाडी पार्क गरेपछि बाहिर निस्कने क्रममा लडेर निधन भएको थियो ।