केपी ओली महापुरूष हुन्: एमाले नेता बलम्पाकी

नेकपा (एमाले)का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले एमाले अध्यक्ष केपी शर्मा ओली महापुरूष भएकाे प्रतिक्रिया दिएका छन्।

११२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा एमाले निकट अखिल नेपाल महिला संघ गाैशला नगर कमिटीले आयाेजना गरेकाे सभालाई सम्बाेधन गर्दै बलम्पाकीले भने,'नेपाललाई समृद्धि र विकासकाे यात्रामा हिँडाउने हाम्राे पार्टीका अध्यक्ष केपी शर्मा ओली महापुरूष हुन्। हाम्राे अध्यक्ष जस्तै संसारका महापुरूषहरूलाई महिलाले नै जन्म दिएका हुन्।’

राष्ट्रपति विद्यादेवी भण्डारीकाे उदहारण दिँदै नेता बलम्पाकीले अवसर पाए नेपाली नारीहरू जुनसुकै कर्ममा पनि पुरूषभन्दा कम नहुने बताए।

'हाम्राे देशकाे राष्ट्रपति मात्रै हाेइन भारतकी पूर्व प्रधानमन्त्री ईन्दिरा गान्धी, विश्वले सलाम गर्ने क्लारा जेटकिन, मदर टेरेसा, क्लेरेन नाइटिंगेलहरू पनि आफ्नाे कर्ममा पुरूषभन्दा अब्बल सावित भएरै उनीहरूकाे नाम ईतिहासमा स्वर्णिम अक्षरले लेखिएकाे हाे।'

महाेत्तरीकाे बर्दिवासमा आयाेजित एक अर्काे कार्यक्रमलाई सम्बाेधन गर्दै एमाले महाेत्तरी जिल्ला कमिटीका अध्यक्ष समेत रहेका नेता बलम्पाकीले बर्दिवास नगरपालिकालाई भ्रष्ट्रचार र कमिसनतन्त्र मुक्त बनाएर सुन्दर सहरकाे रूपमा विकास गर्ने एमालेकाे याेजना रहेकाे उदघाेष गरे।

एमाले निकट अखिल नेपाल महिला संघ बर्दिवास नगर कमिटीले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा बलम्पाकीले यस्ताे उदघाेष गरेका हुन्।

'मेयरले पाउने सबै सेवा सुविधा सरकारले दिन्छ,' बलम्पाकीले भने,'अब भ्रष्ट्रचारी र कमिसनखाेरीका दिन गए। बर्दिवासलाई सुन्दर नगरमा विकास गर्ने भिजन एमालेसँग छ। सबैले थाहा पाउन्, आउँदाे स्थानीय चुनावमा बर्दिवास नगर एमालेकाे लालकिल्ला बन्ने छ।'

उक्त कार्यक्रममा एमाले मधेस प्रदेश सचेतक शारदादेवी थापाले स्थानीय तहमा महिलाहरूले सहायक पदमात्रै नभएर मुख्य पदमा चुनाव लड्न काेशिस गर्नुपर्ने धारणा राखिन्।

उनले भनिन्,'स्थानीय चुनावमा आफ्नाे क्षमताका आधारमा प्रमुख पदहरूमा टिकट दाबी गर्न म आग्रह गर्दछु। अवसर पाए महिलाले पनि मेयर चलाउन सक्छन्।'

एमाले मधेस प्रदेश कमिटी सदस्य  चन्द्रलाल क्याप्छाकीले चुनावकाे मुखमा नेताहरूले निर्णय बेगर आफूखुशी टिकट दाबी गर्नु गलत भएकाे बताए।

अर्का प्रदेश सदस्य शन्त परियारले एमाले महिलामैत्री पार्टी भएकाे दाबि गर्दै भने,'महिलालाई राष्ट्रपति  बनाउने, मुख्यमन्त्री बनाउने अनि स्थानीय तहमा महिला प्रतिनिधि अनिवार्य गराउने एमाले नै हाे।'

महिलालाई एमालेले ५० प्रतिशत अधिकार दिन्छ: एमाले प्रदेश सदस्य आले

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य भीम आलेले एमालेकाे बहुमतकाे सरकार बने महिलालाई ५० प्रतिशत अधिकार दिलाउने बताएका छन्।

१२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा एमाले निकट अखिल नेपाल महिला संघले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेता आलेले भने,'एमाले महिलाकाे अधिकार दिलाउने पार्टी हाे। ३३ प्रतिशतलाई आन्तरिक पार्टी जीवनमा लागू गर्ने पहिलाे पार्टी हाे। आउने चुनावहरूमा एमालेलाई दुई तिहाइ मतले जिताउनुस् ५० प्रतिशत अधिकार संविधानमै सुनिश्चत गर्छ।'

प्रकाशित मिति: : 2022-03-09 06:41:00

प्रतिकृया दिनुहोस्